२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

नेपालले महिला एसिया कप क्रिकेट खेल्न पाउने

काठमाडौँ — नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्न मौका दिँदै जुलाईमा श्रीलंकाको दम्बुलामा हुने एसिया कपको खेलतालिका मंगलबार सार्वजनिक गरेको छ । 

नेपालले महिला एसिया कप क्रिकेट खेल्न पाउने

६ साताअघि मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल र थाइल्यान्ड सेमिफाइनलमै रोकिएका थिए । छनोटको फाइनल पुग्ने टोलीले मात्र एसिया कप खेल्ने पाउने प्रावधान थियो । नेपाल र थाइल्यान्डलाई रोक्दै मलेसिया र यूएई एसिया कपका लागि छनोट भएका थिए ।

नेपाली टोली सेमिफाइनलमा मलेसियासँग अन्तिम ओभरमा ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताभर नै उत्कृष्ट खेलेको नेपाल सेमिफाइनलमा अन्तिम १० ओभरमा मात खाएको थियो । तर। नेपालले अब तेस्रो पटक एसिया कप खेल्ने भएको हो । नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो ।

जुलाई १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेको छ । नेपालले जुलाई १९ मा पाकिस्तान, २१ मा यूएई र २३ मा भारतसँग समूह चरणको खेल खेल्नेछ ।


प्रकाशित : चैत्र १४, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?