'वात्सल्यको आइभीएफ सेवाबाट तीन महिनामा ७०. ८८ प्रतिशत सफलता'

काठमाडौँ — वात्सल्य नेचुरलले पछिल्लो तीन महिनामा आफ्नोबाट आइभीएफ सेवा लिएका ७०.८८ प्रतिशतले सन्तान प्राप्तिको सफलता प्राप्त गरेको दाबी गरेको छ ।

'वात्सल्यको आइभीएफ सेवाबाट तीन महिनामा ७०. ८८ प्रतिशत सफलता'

पछिल्लो एक महिनामा मात्र १२९ दम्पत्तिले सन्तान लाभ गरेको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिए ।

वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।

वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको उनको दाबी छ । पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतिलाई सन्तान सुख दिएको यादवले बताए ।

यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए ।

वात्सल्य नेचुरलको सेवाबाट अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभीएफ प्रविधिबाट ४००० दम्पतिलाई सन्तान प्राप्त भएको यादवले बताए ।

त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौँसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले जानकारी दिएका छन् ।

वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाह सुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउँदै आएको प्रबन्ध निर्देशक सुबेदीले बताए ।

प्रकाशित : वैशाख १६, २०८१ २२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?