कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सहाना स्मृति महिला हक्की : आर्मी विजयी

काठमाडौँ — विभागीय टोली आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सहाना स्मृति महिला हक्की : आर्मी विजयी

धुलिखेल मैदानमा शनिबार उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । आर्मीका सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे । २१ औं मिनेटमा सीमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । डम्मराले ५० औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६ औं मिनेटबाट तेस्रो गोल गरिन् । आर्मीले ३ अंक जोडेको छ ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेश प्रदेशसँग १–१ गोलले बराबरी खेले । लुम्बिनीका लागि अनन्या बर्नावालले सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । मधेशकी आरतीकुमारी महतोले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । दुवैले १–१ अंक बाँडेका छन् ।

आइतबार चार खेल हुनेछ । आर्मीले वाग्मती प्रदेश, सुदूरपश्चिमले मधेश, गण्डकीले वाग्मती र लुम्बिनीले सुदूरपश्चिमसँग खेल्नेछन् ।

प्रतियोगितामा आर्मी, वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल्नेछन् । विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : वैशाख १५, २०८१ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?