गगनलाई रविको चुनौती : प्रमाण देखाउनुस् राजनीति छोड्दिन्छु
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण मागेको प्रमाण देखाउन कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । यदी त्यस्तो प्रमाण भेटिए आफू संसदीय छानबिन नभइ राजनीतिबाटै सन्यास लिने उनले बताए ।
प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोधपछि संसद् भवनबाट बाहिरिनेक्रममा गृहमन्त्री लामिछानेले भने,'संसदीय छानबिन समितिको त कुरा भएन । हस्ताक्षर गरेर ऋण मागेको कागज छ भने प्रमाण देखाउनुहोस् ।मेरो चुनौती भयो । कुनै ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोड्दिन्छु । दिन सक्नुभएन भने उहाँले छोड्न तयार हुनुपर्छ ।' प्रतिनिधिसभाको बैठकमा थापाले ऋण मागेको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका थिए ।
उनले जनताको प्रतिनिधिले एकपटक बोल्न पाउँ भन्दा पनि बोल्ने अवसर नपाएको बताए । 'मैले सदनमा एकपटक बोलौं र कुरा राखौं भने तर बोल्न पाइनँ' लामिछानेले भने,' मैले बोल्न दिन किन डराएको ? एकपटक मेरो कुरा सुन्न किन डराएको ?' गर्ने ।