२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

नवीन पौडेल

नवलपरासी पश्चिम — पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

सुस्तामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 

सुस्ता गाउँपालिका -३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा सुस्ता गाउँपालिका ५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।

दुर्घटनामा सुस्ता गाउँपालिका -४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख २८, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?