कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, पाण्डे र राईसहितलाई छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जनालाई रिहाइ गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, पाण्डे र राईसहितलाई छोड्न सर्वोच्चद्वारा अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाहरूले सर्वोच्च अदालतमा रिहाइको आदेश माग्दै निवेदन पेस गरेका थिए ।

उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा बिहीबार सुनुवाइ भएको थियो।

उक्त इजालसले रायमाझी, पाण्डे, राई लगायतको सम्बन्धमा उच्च अदालतबाट भएको आदेश परिवर्तन गरिरन नपर्ने आदेश जारी गरेको हो । 'प्रतिवादीहरू टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा हेर्दा निजहरू उपर ठगीको कसूरबाट उठान भएको, विभिन्न कसूरमा सजाय गरी पाउँ भन्ने अभियोग पत्र माग दाबी रहेकोमा प्रतिवादीहरू उपर किटानी जाहेरी रहेको, निजहरूले एक अर्कालाई पोल गरी गरेको बयान बेहोरा, पीडितहरूको घटना विवरण कागजसमेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा निजहरूलाई मुद्दा पूर्पक्षको लागि मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट मिति २०६०।०८।१५ मा भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहन परेन,' सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?