कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

‘साइबर प्रतिरक्षा प्रणाली विकास अपरिहार्य’ : प्रधानसेनापति शर्मा

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले साइबर प्रतिरक्षा प्रणाली विकास अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौँथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८१ बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् । 

‘साइबर प्रतिरक्षा प्रणाली विकास अपरिहार्य’ : प्रधानसेनापति शर्मा

नेपाली सेनाका अनुसार डिजिटल सम्पत्तिहरुको सुरक्षा मात्र नभई राष्ट्रको सार्वभौमसत्ताको रक्षा, महत्वपूर्ण प्राविधिक पूर्वाधारहरुको सुरक्षा तथा नागरिकहरुको सरकारप्रतिको विश्वास समेत कायम गर्नका लागि बलियो साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य भएको बताएका हुन् ।

साइबर हमलाको जोखिम बढ्दै गएको अवस्थामा साइबर हमला तथा यसका जोखिमहरुलाई न्यूनीकरण, निष्तेज र निर्मूल गर्दै संवेदनशील इन्फरमेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी पूर्वाधारहरुको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुको समन्वय र सहकार्यको आवश्यकता माथि शर्माले जोड दिए ।

दुई चरणमा संचालित गोष्ठीमा विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : वैशाख १३, २०८१ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?