कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

विप्लवको स्वागतयोग्य निर्णय

पाठक पत्र

नेकपा (विप्लव) ले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको खबर प्रकाशमा आयो । यो स्वागतयोग्य कुरा हो । माओवादीले २०६४ कै निर्वाचनमा भाग लिएर सरकार पनि चलाएको थियो ।

विप्लव समूहले चुनावमा भाग लिनु हुन्न भन्दै आएको थियो । एमाले लगायतका कैयौं घटक २०४८ बाटै निर्वाचनमा सहभागी हुँदै आएका छन् । यसरी धेरैजसो कम्युनिस्ट भनिने (यथार्थमा होइनन्) समूहहरूले निर्वाचनमा भाग लिनुको अर्थ नेपालमा संसदीय व्यवस्था मजबुत मात्र होइन, निर्विकल्प भएको प्रमाणित गर्छ । अझ संसदीय व्यवस्थाको जग बसाउने नेपाली कांग्रेससितै सहकार्य गरेर गठबन्धनसमेत गर्नुले कम्युनिस्टहरूले पनि संसदीय व्यवस्थालाई स्विकारेको ठहर्छ । लडाइँ, झगडा र विवादले विकास होइन, विनाश गर्छ भन्ने सर्वशाश्वत विचार हो । अहिले चीन र भारतले गरेको प्रगति उदाहरणका रूपमा लिन सकिन्छ । हडताल र आन्दोलनले उग्ररूप लिएका बेला भारत विकासमा धेरै पछाडि थियो । भारतमा मनमोहन सिंहको उदयपछि त्यस्तो विवाद र झगडा देखिएन । चीनमा पनि माओको निधनपछि ह्वाको फङ र देङ सियाओ पिङको उदयपछि विवाद, झगडा साम्य भयो र चीन विकासको गतिमा अगाडि बढ्यो ।

हाम्रो देशका कम्युनिस्टहरूले लामो समयदेखि चलाएको हिंसात्मक आन्दोलनका कारण नेपाल सयौं वर्ष पछाडि धकेलिएको थियो । आखिरमा नेपालका कम्युनिस्टहरूले बाध्य भएर संसदीय व्यवस्थालाई आत्मसात् गर्नैपर्‍यो । माओवादीले १० वर्ष बन्दुक चलाए पनि, मालेले वर्ग दुस्मन खत्तम अभियान चलाए पनि अन्तिममा नेपाली कांग्रेसको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनमा साथ दिएपछि मात्र कम्युनिस्टहरू सत्तामा पुगेका हुन् । म त वाम र कांग्रेस मिलेर प्रजातन्त्र बलियो बनाउनुपर्छ भन्ने धारणाको मान्छे हुँ । प्रजातन्त्र मजबुत नभई राजनीतिक स्थायित्व हुँदैन र प्रजातन्त्र बलियो नभई जनवाद वा समाजवाद पनि आउँदैन । आखिर लडेर न स्वर्ग प्राप्त हुन्छ, न देश नै बन्छ ।

रत्ननिधि 'रेग्मी शुक्राचार्य', महाकवि देवकोटा आश्रम, काठमाडौं

प्रकाशित : वैशाख २३, २०८१ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?