२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ — कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् । 

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

महासचिव पाण्डेयले सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको उल्लेख छ । भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थिए ।

प्रकाशित : वैशाख १२, २०८१ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?