२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

हाइड्रोलिकमा समस्या देखिएपछि दोहा उडेको वाइडबडी काठमाडौं फर्कियो 

काठमाडौँ — २ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ । 

हाइड्रोलिकमा समस्या देखिएपछि दोहा उडेको वाइडबडी काठमाडौं फर्कियो 

निगम प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण )को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएका थिए ।

आरए–२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु (मकालु) जहाजमा पठाइएको थियो । मकालुको शुक्रबार बिहान ८ बजे र दिउँसो १:४५ बजे हुने दुवै उडानलाई मर्ज गरिएको दिल्ली उडान गर्ने तालिका थियो ।

पुनका अनुसार प्राविधिक समस्या देखिएको जहाजको काठमाडौंमा मर्मत हुँदैछ । ‘केही घन्टामा जहाज रिलिज हुने छ,’ उनले भने,‘त्यो जहाजले दिउँसो १ :४५ को निर्धारित दिल्ली उडान गर्ने छ ।’

प्रकाशित : चैत्र १६, २०८० १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?