डाक्टरलाई अभद्र व्यवहार गर्ने अस्पताल विकास समितिका सदस्य पक्राउ
बागलुङ — धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई अभद्र व्यवहार गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेसु रविरञ्जन प्रधानलाई हातपात प्रयास गरेका अस्पताल विकास समितिका सदस्य कृष्णशंकर श्रेष्ठ पक्राउ परेका हुन् । अस्पतालस्थित मेसुको कार्यकक्षमा पुगेर श्रेष्ठले गत बिहीवार अभद्र व्यवहार, गाली गलौज र हातपात प्रयास गरेका थिए ।
डा. प्रधानले दिएको निवेदनको आधारमा श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले आइतवार दिउँसो सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगिएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानून बमोजिम कारवाही गर्न प्रधानले प्रशासनमा माग गरेका थिए ।
प्रकाशित : वैशाख १६, २०८१ १९:१४प्रतिक्रिया