कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सिटिजन लाइफले ल्यायो 'भिडियो केवाइसी' सेवा

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सले वैैशाख ९ देखि भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ । विदेशमा बसोबास गर्ने  व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुनेछ ।

सिटिजन लाइफले ल्यायो 'भिडियो केवाइसी' सेवा

केवाइसीसम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाइसीको अवधारणा ल्याएको हो । प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेस गरेपछि गरे पश्चात् ई–एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भररेपछि स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसीसम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । भिडियो केवाइसी सेवाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको दाबी छ ।

प्रकाशित : वैशाख १३, २०८१ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?