२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

ई–सेवा र सोल्टी होटलबीच सम्झौता

काठमाडौँ — भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा र पाँचतारे सोल्टी होटेल्स तथा रिसोर्ट्सबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र स्ट्रिम पिक इन्टरनेसनलका सञ्चालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले गत आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ई–सेवा र सोल्टी होटलबीच सम्झौता

सोल्टी होटेल्स तथा रिसोर्ट्सको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यले ई–सेवाबाट सोल्टी होटेल्स तथा रिसोर्ट्सको कुनै पनि होटलमा बसाइ बुकिङमा तथा खानपान गरेबापत क्यासब्याक र लोयल्टी पोइन्ट पाउनेछन् ।

सोल्टी होटल र ई–सेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकलाई निकै सजिलो र सहज हुने ई–सेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले बताए । ई–सेवाका प्रयोगकर्ताहरूले पनि सोल्टी होटेल्स तथा रिसोर्ट्सका विभिन्न सेवा सुविधाको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आबद्व हुनसमेत बाटो खुलेको सोल्टी होटलका उपाध्यक्ष चापागाईंको भनाइ छ ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?