कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सानफ्रान्सिस्कोमा नेपाल डे परेड

काठमाडौँ — गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम आयोजना गरेको छ । सिटीहलबाट सुरु भएको परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । 

सानफ्रान्सिस्कोमा नेपाल डे परेड

परेडमा सहभागीहरू आ-आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषामा सजिएका थिए । नेपाल र नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले परेड गरिएको एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले बताए । परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी र सांस्कृतिक प्रदर्शनसमेत भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूत ऋषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे थिए । नेपाली क्रिकेटर पारस खड्कासमेत डे परेडमा सहभागी थिए ।

यही अप्रिल १२ र १३ मा सर्वाधिक पुरस्कार राशि भएको एनआरएनए भलिबल कपसमेत आयोजना गरिएको थियो । उक्त कपको उपाधि टेक्ससले जितेको थियो ।



प्रकाशित : वैशाख ५, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?