कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन् १९७५ मा आजकै दिन : साउदी राजा फैसलको हत्या

काठमाडौँ — सन् १९७५ मा आजकै दिन (मार्च २५) मा साउदी अरबका राजा फैसलको हत्या भएको थियो । फैसलको उनका भतिज फयसल इब्न मुसा इदले गोली हानी हत्या गरेका थिए ।

सन् १९७५ मा आजकै दिन : साउदी राजा फैसलको हत्या

१९०६ अप्रिल १४ मा रियादमा जन्मिएका फैसल १९६४ देखि हत्या हुनुअघिसम्म सायदी अरको राजा थिए । उनका पिता इब्न साउदले हेजाज प्रान्तमाथि विजय हासिल गरेपछि फैसल १९२६ मा त्यहाँको विदेशमन्त्री तथा भाइसराय भएका थिए । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का र मदिना उक्त राज्यमा पर्छ ।

१९४४ मा संयुक्त राष्ट्रसंघीय सम्मेलनमा साउदी अरबको नेतृत्व गरेका फैसल राष्ट्रसंघका लागि राजदूतसमेत भएका थिए । १९५३ मा युवराज तथा साउदी विदेशमन्त्री भएका फैसललाई १९५८ को आर्थिक संकटका बेला साउदले कार्यकारी अधिकार दिएका थिए ।

१९६० मा राजीनामा दिएका फैसलले १९६२ देखि फेरि जिम्मेवारी सम्हालेका थिए । १९६४ मार्चमा उनले भाइसरायका रूपमा सम्पूर्ण शक्ति हातमा लिएका थिए । १९६४ नोभेम्बरमा धार्मिक नेता, सत्तारूढ परिवारका वरिष्ठ सदस्य र मन्त्रिपरिषद्ले साउदलाई पदच्युत गरेपछि फैसल सायदी अरबको राजा भएका थिए ।

राजा फैसलले आफ्नो कार्यकालमा सायदी अरबको आर्थिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा व्यापक सुधार गरेका थिए । उनको हत्यापछि उनका सौतेनी भाइ खालिद इब्न अब्दल अजिज अल साउदले साउदी अरबको राजगद्दी सम्हालेका थिए ।

प्रकाशित : चैत्र १२, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?