२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

नेपाली बास्केटबल टोली चीन प्रस्थान

काठमाडौँ — बोर्डर सिङ्फु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान गएको छ  ।

नेपाली बास्केटबल टोली चीन प्रस्थान

विजय बुर्जाको कप्तानीमा नेपाली टोलीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन छन् । प्रशिक्षकमा सुशील गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता सात दिन चल्नेछ । नेपालको खेल भने शुक्रबार सुरु हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे । सो अवसरमा नेपालका लागि लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेडलिंक कम्पनीका सीईओ राजेन महर्जनले खेलाडीलाई लिनिङको गियर प्रदान गरे ।

प्रकाशित : वैशाख १२, २०८१ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?