१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

आईपीएल - २०२४ : स्टोइनसको शतकमा लखनउ विजयी

एजेन्सी

चेन्नाइ — अस्ट्रेलियाका मार्कस स्टोइनसले नटआउट रहेर बनाएको १ सय २४ रनको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार आईपीएल-२०२४ मा चेन्नाइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ । लखनउ तीन बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो ।

आईपीएलमा स्टोइनसको यो पहलो शतक हो र उनको यो प्रदर्शन अगाडि चेन्नाइका ऋतुराज गायकवाडको १ सय ८ रनको प्रदर्शन ओझेलमा परेको छ । पहिले ब्याटिङ गर्दै चेन्नाइले चार विकेटमा २ सय १० रन बनाएको थियो ।

जवाफमा लखनउले चार विकेट गुमाएर १९.३ ओभरमा २ सय १३ रन बनायो । लखनउ अंकमा चौथो स्थानमा उक्लेको छ भने चेन्नाइ उसको ठीक पछाडि आठ अंकमा छ ।

प्रकाशित : वैशाख १२, २०८१ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?