सीजी फुड्समा भएको घटनाप्रति परिसंघको ध्यानाकर्षण
काठमाडौँ — चौधरी ग्रुपको सीजी फुड्समा गत शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय रहेको परिसंघले जनाएको छ ।
देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्नेछ,’ परिसंघको विज्ञप्तीमा भनिएको छ,‘यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
प्रकाशित : वैशाख २३, २०८१ १९:३०