२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

चाँदीका गरगहनासहित युवक पक्राउ 

शंकर आचार्य

पर्सा — भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याएका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–३ का २० वर्षीय रोशन सोनार छन् ।

चाँदीका गरगहनासहित युवक पक्राउ 

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले सोनारलाई वीरगन्ज मनपा–१६ रजतजयन्ति चोकबाट शनिबार बिहान १० बजे पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका सोनारलाई रोकी उनको शरीर खानतलासी गर्दा उनको कम्मरको भागमा रातो/सेतो रङको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहनाहरू बरामद भएको छ ।

बरामद गरगहनाहरु २ किलो १ सय ७३ ग्राम रहेको सोनारलाई गरगहना सहित आवश्यक कारवाहीको लागि आइतबार वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०८१ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?