कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल अर्को साता

काठमाडौँ — सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल अर्को साता

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष आयोजना हुादै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेताले चार लाख ९९ हजार रुपैया नगद पुरस्कार पाउने छ ।

प्रकाशित : वैशाख ४, २०८१ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?