कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

अब फार्मेसीमै औषधिको गुणस्तर परीक्षण

काठमाडौँ — औषधि व्यवस्था विभागले अनुगमनकोक्रममा अब फार्मेसी मै औषधिको गुणस्तर परीक्षण गर्न थालेको छ । यसअघि औषधिको गुणस्तर परीक्षण गर्नुपरेमा राष्ट्रिय औषधि प्रयोगशालामा पठाउनु पर्थ्यो । फार्मेसीमै औषधिको परीक्षण थालेको मुलुकमा यो पहिलो पटक हो ।

अब फार्मेसीमै औषधिको गुणस्तर परीक्षण

औषधि व्यवस्था विभागका महानिर्देशक डा.नारायणप्रसाद ढकालका अनुसार फर्मेसीमै औषधिको परीक्षण थाल्नुको कारण बजारमा गुणस्तरहीन औषधि आउन नदिनु हो ।

‘अहिले बजारमा उपलब्ध औषधिमध्ये करिब ४–५ प्रतिशत मापदण्ड नपुगेका छन् । यसले ती औषधि पत्ता लगाई सम्बन्धित कम्पनीलाई कारबाहीको दायरमा ल्याउन मद्दत गर्छ,’ उनले भने, ‘यसअघि प्राय फार्मेसीको अनुगमन निरीक्षण मात्र हुन्थ्यो ।’

उनका अनुसार औषधिको निरीक्षणमा गएको टोलीले मिनिल्याब बोकेर गएका हुन्छन् । ‘शंकास्पद लागेमा तत्काल त्यही परीक्षण गरी सक्कली हो/होइन प्राप्त लगाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरिसकेका छन् ।’

काठमाडौं उपत्यका थालिएको अनुगमन रिएजेन्ट किट खरिद गरेर देशैभरि गर्ने योजनमा विभाग छ । ‘देशको सिमानामा नक्कली औषधिको बिगबिगी छ,’ विभागका महानिर्देशक डा.ढकालले भने ।

मिनी ल्याब अमेरिकी संस्था यूएसएआइडीको सहयोगमा ल्याइएको हो । विभागका अनुसार बजारमा १९ हजार भन्दा बढी ब्रान्डका औषधि र ५ हजार एक सय ६६ थरि अर्थात मोलेकुलर छन् । यो नयाँ प्रविधि भने होइन । भारत, बंगलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?