कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राजनीतिक स्थायित्व नभएसम्म नेपालमा लगानी गर्न कोही पनि तयार हुदैन : कोइराला

झापा — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने स्पष्ट रहेको बताएका छन् । 

राजनीतिक स्थायित्व नभएसम्म नेपालमा लगानी गर्न कोही पनि तयार हुदैन : कोइराला

राजनीतिक स्थायित्वविना नेपालमा कुनैपनि देश लगानी गर्न ईच्छुक नरहेको भन्दै नेता कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत बताए । 'कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ,' उनले भने, 'ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ।'

झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित 'वीपी स्मृति भवन' उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायित्वबिना आर्थिक बिकास नहुने पनि उनले बताए ।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवस्यकता रहेको समेत बताए ।

प्रकाशित : वैशाख १७, २०८१ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?