३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रिय बक्सिङमा भूपेन्द्रका दाजुभाइको जित

काठमाडौँ — पुलिस क्लब भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

राष्ट्रिय बक्सिङमा भूपेन्द्रका दाजुभाइको जित

पुरुष ६३.५ केजीको प्रतिस्पर्धा साग स्वर्णधारी भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपीएफका सोनाम सार्की र खगेन्द्रले मधेश प्रदेशका मृनाल जोशीलाई हराएका थिए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भूपेन्द्रका भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, वाग्मतीका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्तीमगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले एपीएफका प्रदीप महर्जनलाई हराएर सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुली तथा वाग्मतीका अश्विन धिरेन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई हराएर सेमिफाइनलमा पुगे । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

पुरुष ५७ केजीमा पुलिसका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाएर सेमिफाइनल तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले वाग्मतीका नीराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ५० केजीमा वाग्मतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी र आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई हराएर सेमिफाइनलमा पुगे । ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी शर्मिला तामाङ र पुलिसकी निशा तामाङले मधेशकी अंशु केसीलाई हराएर सेमिफाइनल तय गरे । ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ र कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराएर सेमिफाइनलमा स्थान बनाए ।

प्रकाशित : चैत्र १४, २०८० २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?