कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो । एक मत तटस्थ रहेको छ ।

४० जना सांसदमध्ये ३६ जना उपस्थित थिए । कँडेलको पक्षमा नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ सांसदले मत हालेका थिए ।

केन्द्रीय गठबन्धनमा भए पनि एकीकृत समाजवादीका १ सांसद भने तटस्थ बसेका थिए ।

प्रकाशित : वैशाख १३, २०८१ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?