कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

मुगु — जिल्लामा एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँकी ८० वर्षीया नोन्जोम कामीले बुधबार प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको हातबाट नेपाली नागरिकता पाएकी हुन् ।

नोन्जोमले ८० वर्षमा पाइन् नागरिकता 

वि.सं. २००० साल बैशाख १२ गते जन्मिएका उनी २०८१ बैशाख १२ गते नै बल्ल नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

८० वर्षीया बृद्धा आमा नोन्जोमलाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनको नागरिकता नहुँदा सरकारी सेवा सुविधाहरु र जेष्ठ नागरिक भत्ताबाट समेत बञ्चित थिइन् । ३५ वर्ष अघि उनका श्रीमान् सोनाम तेन्जिङ कामीको मृत्यू भएको थियो ।

उनका दुई छोरामध्ये एक छोरा भीरमा सिलाजित निकाल्दा लडेर मृत्यू भएको र अर्का छोराको आमाकै नागरिकता नभएपछि नागरिकता बनाउन पाएका थिएनन् । कार्मारोङ स्थित सेरोग गाउँकी ८० वर्षीया नोन्जोम कामी नागरिकताबाट बञ्चित बारेमा सञ्चार माध्यममा समाचार आएपछि स्थानीय सोनाम लामा र वडाअध्यक्ष दावा साङवा लामाले उनलाई नागरिकता बनाउन जिल्ला सदरमुकाम प्रशासनमा ल्याएका थिए ।

सेरोग गाउँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २ दिन समय लाग्छ ।

प्रकाशित : वैशाख १२, २०८१ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?