कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सय दिनपछि सिद्धार्थ राजमार्ग २४ घण्टा सञ्चालनमा

माधव अर्याल

पाल्पा — रातिको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग सय दिनपछि चौबीसै घण्टा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको सिद्धबाबा क्षेत्रमा सुरुङ खन्न रातिको समयमा  बन्द हुँदै आएकामा पूर्ण रूपमा सञ्चालनमा आएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । 

सय दिनपछि सिद्धार्थ राजमार्ग २४ घण्टा सञ्चालनमा

दुईतर्फबाट सुरुङ खन्न, राजमार्ग चौडा गर्नुका साथै रकनेटको काम गर्न दैनिक ६ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो । गत पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो । सडक बन्द हुँदा रातिमा अत्यावश्यक सवारीका साधन, एम्बुलेन्स, प्रेसका सवारी साधनलाई समस्या भएको थियो ।

रातिमा बिरामी बुटवल लैजान, शव बाहन, एम्बुलेन्सलाई समेत तीन घण्टासम्म सडकमा राखेर दुःख दिएको स्थानीयको गुनासो थियो । सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर सुरुङ निर्माण गर्न २०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएको थियो ।

राजमार्गको पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिंदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो ।

प्रकाशित : वैशाख ४, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?