२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष पक्राउ

वडाध्यक्ष गुरुङले वैशाख ९ गते रातिको समयमा कुटपिट गर्दा बेंसीसहर नगरपालिका-७, सहजीका सुनिल थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । पीडित थापाले शौचालय गएर फर्किने क्रममा आफूमाथि वडाध्यक्षलगायतले सिसा प्रहार गर्नुका साथै कुटपिट गरेको बताएका छन् ।

पीडित परिवारले कुटपिटमा संलग्न अन्यका विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् । प्रहरीले गुरुङलाई घटना घटेको राति नै पक्राउ गरेको जनाएको छ । वडाध्यक्ष गुरुङको कुटपिटबाट घाइते थापाको टाउको, हात र निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले गुरुङविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुन्धान भइरहेको छ ।उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट बुधबार दिन ७ को म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक चपाईंले बताए ।

वडाध्यक्ष गुरुङले भने घटना समान्य रहेको र आफूले कुटपिट नगरेको भेटघाटमा जाने साथीहरुलाई बताउने गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?