कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अन्तिम खेलमा नेपाललाई जितको मौका

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको हो ।

अन्तिम खेलमा नेपाललाई जितको मौका

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा देव्रेहाते स्पिनर सागर ढकालले कसिलो बलिङ गरे पनि वेस्ट इन्डिज ‘ए’ ले राम्रो योगफल बनाएको हो । सागरले पहिलो ३ विकेट लिदैं वेस्ट इन्डिजलाई दबाबमा राखेका थिए, जसको कारण वेस्ट इन्डिज ‘ए’ १४ ओभरमा १०६–४ को स्कोरमात्र बनाउन सकेको थियो । त्यसपछि भने वेस्ट इन्डिज अन्तिम ६ ओभरमा आक्रामक भएर खेल्दै ६६ रन जोडेको थियो ।

सागरले आफ्नो पहिलो ओभरमा कदिम एलियनलाई ११ रनमा आउट गरेका थिए । उनले आफ्नो दोस्रो ओभरमा जोहनसन चार्ल्स र मार्क डेयललाई आउट गरि नेपाललाई राम्रो स्थितिमा उभ्याएका थिए । अघिल्लो दिनमात्र वेस्ट इन्डिजको घोषित विश्वकप टोलीमा समेटिएका चार्ल्सलाई सागरले कट एन्ड बोल्ड गरेका थिए । चार्ल्सले २० बल खेली २ चौका र २ छक्का प्रहार गरे ।

शृंखलामा पहिलो खेल खेलिरहेका डेयलले ११ रनमात्र बनाउन सके । सागरको बलमा आउट हुनुपूर्व १९ बल खेलेका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कप्तान रोस्टन चेसले ३३ रन बनाए । वेस्ट इन्डिजको विश्वकप टोलीमा रहेका चेजले २३ बल खेली ५५ चौका प्रहार गरे । उनी अविनाश बोहराको बलमा आउट भए ।

अन्तिम ६ ओभरमा म्याथ्यु फोर्डे र एलिक एथान्जेले खुलेर ब्याटिङ गरे । फोर्डले १२ बलमा २३ रन बनाउनेक्रममा ३ छक्का प्रहार गरे । सोमपाल कामीले फाबियन एलेनलाई ३ र गुडाकेश मोतीलाई १ रनमा आउट गरे । एथान्जे ४२ र हेडेन वाल्स ७ रन बनाई अविजित रहे । एथान्जेले २९ बल खेली १ चौका र ३ छक्का प्रहार गरे ।

सोमपाल र सागरले ३–३ विकेट लिए । सोमपालले ४ ओभरमा १६ र सागरले २ ओभरमा १७ रन खर्चे । अविनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको थियो । गुलशन झा र करण केसीको स्थानमा अनिल साह र सागरलाई खेलाइएको थियो ।

वेस्ट इन्डिज ‘ए’ ले ३–१ को अग्रतासँगैं शृंखला आफ्नो पक्षमा पारिसकेको छ । रोहितको १ सय १२ रनमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गरेको थियो । वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेल ७६ र चौथो खेल २८ रनले जितेको थियो ।

प्रकाशित : वैशाख २२, २०८१ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?