भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध
संखुवासभा — चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।
चट्याङले माक्पालुङमा रहेको टावरका उपकरणमा क्षति भएपछि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीयबासी पासाङ खम्बा भोटेले बताए । मोवाइल फोन अवरुद्ध भएपछि सदरमुकामसँग भोटखोलाबासीको सम्पर्क टुटेको छ ।
सीमावर्ती किमाथांका, चेपुवा, हटिया लगायतका दुर्गभ भेगका बासिन्दालाई मोवाईल सेवा संचालन नहुँदा समस्या भएको हो । कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट गएको प्राविधिक टोली पुग्न नसक्दा टेलिकमको सेवा सुरु हुन नसकेको टेलिकम खाादबारीका प्रमुख प्रेम राईले बताए ।
विराटनगरबाट विग्रेको उपकरण र सामाग्री सहित लिएर गएका प्राविधिकलाई टावरसम्म पुग्न कम्तिमा ३ दिन लाग्छ ।
प्रकाशित : वैशाख २२, २०८१ १३:५४प्रतिक्रिया