कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

शंकर आचार्य

पर्सा — प्रहरीले वीरगन्जबाट भन्सार छली गरेर ल्याएको कपडा लत्ता बोकेको  भारतीय नम्बरका २ सवारी साधन नियन्त्रणमा लिएको छ ।

भन्सार छली ल्याएको लत्ताकपडासहित २ सवारी नियन्त्रणमा 

बुधबार साँझ साढे ५ बजेको समयमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्र्याक्टर एकीकृत सुरक्षा जाँच चौकीबाट वीरगन्जतर्फ जादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले वीरगन्ज महानगरपालिका– २५ अलौस्थित सडकखण्डबाट ती दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

बिआर ०५ जिए ९०४२ नम्बरको मालवाहक पिकअप र बिआर २२ क्यु ७७२७ नम्बरको ट्याक्टरलाई प्रहरी नियन्त्रणमा लिएको थियो । मालबस्तुहरुको साथमा रहेको प्रज्ञापन पत्र, अनलाइन भिसिटिए बिल भन्दा बढी बोकेको अवस्थामा फेला परेको थियो ।

दुबै सवारीमा गरी ४० लाख ३६ हजार २ सय १ रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागि विहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख १३, २०८१ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?