२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कर्णालीका ठूला आयोजनालाई बजेटमा प्राथमिकता दिन मुख्यमन्त्री कँडेलको माग

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग आगामी वर्षको बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

कर्णालीका ठूला आयोजनालाई बजेटमा प्राथमिकता दिन मुख्यमन्त्री कँडेलको माग

शुक्रबार अर्थमन्त्री पुनसँगको भेटमा मुख्यमन्त्री कँडेलले कर्णाली करिडोर (सुर्खेत-हुम्ला ) र भेरी करिडोर (सुर्खेत-डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखी छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गर्न, रत्न राजमार्गलाई चार लेनको विस्तार गर्न, सुर्खेत विमानस्थल विस्तार र सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण आयोजना सञ्चालन गर्न माग गरेका हुन् ।

कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महत्व राख्ने रुपान्तरणकारी आयोजनाको रुपमा रहेको गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गर्न जोड दिएर बजेको व्यवस्थापन गर्न आवश्यक छ । नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको योजना कर्णाली थुप्रै छन् ।

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसंग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गरिदिने आग्रह गरेका छन् ।

यस्तै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा निजी आवास तथा अन्य संरचनाहरु पुनर्निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र बाढीबाट वर्षेनि प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डिपिआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न र कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरुलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष कँडेलले लिखित पत्र पेश गरेको उनको भनाई छ ।

‘यहाँभन्दा पहिला योजना बाडेर राजनीति गर्ने र बजेट व्यवस्था नगरेको देखियो । उनले भने, 'विनियोजित योजनको विषेश प्रथामिक्क्तमा राखेर बजेट माग गरेका छौँ।’

प्रकाशित : वैशाख १४, २०८१ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?