२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वनमा लागेको डढेलोका कारण ५ घरगोठ जलेर नष्ट 

विप्लव महर्जन

सल्यान — वनमा लागेको भीषण डढेलोका कारण सल्यानमा पाँच घरगोठ जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण कुमाख गाउँपालिका-५ झ्यामबारीका स्थानीय नरबहादुर बोहरा, पदम घर्ती, कोपिला गुरुङ र बिरबहादुर बुढाको घरगोठ जलेर नष्ट भएका हुन् । 

वनमा लागेको डढेलोका कारण ५ घरगोठ जलेर नष्ट 

स्थानीय काफलगेडी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा कोपिला गुरुङको खर र जस्ताले छाएको दुईवटा घर, नरबहादुर बोहराको घरगोठ, पदम घर्ती र विरबहादुर बुढाको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए ।

डढेलोका कारण घरगोठ जल्दा घरमा भएका सम्पूर्ण सामाग्रीसहित नरबहादुर बोहराको एउटा रांगा मारेको तथा एउटा गोरु र एउटा भैँसी घाइते भएका प्रहरीले जनाएको छ । पाँच घरगोठ जलेर नष्ट हुँदा १९ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । दुई वटा घर जलेर नष्ट भएकी कोपिला गुरुङ भने अहिले आफन्तको शरणमा पुगेकी छन् ।

केही दिन अघि देखि लागेको भीषण डढेलो हावाहरीका कारण तत्काल नियन्त्रणमा लिन नसकेपनि सुरक्षाकर्मी, स्थानीय, उपभोक्ताको सक्रियतामा झन्डै चार घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०८१ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?