२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

इनड्राइभले चालकबाट १० प्रतिशत कमिसन लिने, यात्रुको वीमा सुविधा

काठमाडौँ — राइड हेलिङ प्लाटफर्म इनड्राइभले दर्ता प्रक्रियापश्चात अब काठमाडौं, चितवन र पोखरामा औपचारिक रूपमा सेवा सुरू गरेको जनाएको छ । नेपालमा दर्ता भई कर प्रक्रियामा जोडिएसँगै अब इनड्राइभरले चालकहरूबाट १० प्रतिशतसम्म कमिशन शुल्क लिने घोषणा गरेको छ । यात्रुले चालकलाई तिर्ने शुल्कबाट चालकले इनड्राइभलाई सर्भिस चार्ज दिनुपर्छ ।

इनड्राइभले चालकबाट १० प्रतिशत कमिसन लिने, यात्रुको वीमा सुविधा

सोमबार पत्रकार सम्मेलन आयोजना गरी इनड्राइभले यात्रुका लागि बीमाको व्यवस्थाका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । कार्यक्रममा इनड्राभको एसिया प्यासिफिक कम्युनिकेसन्स प्रमुख पवित नन्दा आनन्दले आफूहरूका लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।

सन् २०२२ को अन्तिमबाट नेपालमा सेवा दिन थालेको इनड्राइभ हाल राइड शेयरिङ उद्योगका रूपमा उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीले कर प्रयोजनका लागि प्यान नम्बर लिइसकेको जनाएको छ । कमिसन शुल्कबाटै कर तिर्ने इनड्राइभकी नन्दा आनन्दले जानकारी दिइन् ।

कार्यक्रममा इनड्राइभका लागि नेपालकी निर्देशक रीता पोखरेलले प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर पेमेन्ट पार्टनरका रूपमा आईएमई पेसँग साझेदारी गरेको बताइन् । ‘हाल हामीले राइड हेलिङसँगै डेलिभरी, र इन्टर सिटि राइड सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘यसभन्दा बाहेकका अन्य सेवा दिनेबारे पनि अध्ययन गर्दै छौं ।’

काठमाडौंमा कार्यालय स्थापना गरी व्यवस्थित ढंगले सेवा अघि बढाइरहेको निर्देशक पोखरेलको भनाइ थियो । इनड्राइभमा एल्गोरिदमले मूल्य निर्धारण गर्ने र अन्य राइड हेलिङ एपभन्दा फरक, यात्रु र चालक दुवैलाई सवारीको भाडा बार्गेन गर्न दिन सुविधा हुन इनड्राइभको विशेषता भएको उनको दाबी थियो ।

प्रकाशित : वैशाख २४, २०८१ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?