कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

नेप्से परिसूचक स्थिर, कारोबार रकम बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा ०.१५ अंकले सकारात्मक हुँदै १ हजार ९ सय ६९.१७ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक स्थिर, कारोबार रकम बढ्यो

गत सोमबार नेप्से १५.४१ अंकले घटेको थियो । बुधबार दिनभर ओरालो लागिरहेको नेप्से अन्तिम समयमा समान्य अंकले सकारात्मक हुँदै बन्द भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये १ सय १३ अंक सेयर मूल्य बढ्यो, १ सय १७ वटाको घट्यो र बाँकी १५ वटाको सेयर मूल्य स्थिर रह्यो । सो दिन ३६ हजार ४ सय ८३ वटा कारोबारबाट ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा २ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढी हो । गत सोमबार २ अर्ब ५ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?