कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतंककारीहरूले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको थियो ।

दूतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यवहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गरेका छन् ।

प्रकाशित : चैत्र १४, २०८० १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?