बझाङमा खस्यो ४३ प्रतिशत मत
बझाङ — बझाङ प्रदेश सभा निर्वाचन (१ ) मा भइरहेको उपनिर्वाचनअन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ ।
बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन् ।
उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन् ।
प्रकाशित : वैशाख १५, २०८१ १५:२४प्रतिक्रिया