२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

धनगढी — बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमालेबाट निर्वाचित भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पराजित गरेका थिए ।

तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा बैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

एमालेका भण्डारी निर्वाचित भएसँगै ५३ सदस्यीय प्रदेश सभामा एमाले र माओवादी केन्द्रका बराबर ११/११ सदस्य भएका छन् । बझाङमा पराजयसँगै १९ सदस्य रहेको सबैभन्दा ठूलो दल कांग्रेसको सांसद सख्या १८ भएको छ । नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

प्रकाशित : वैशाख २७, २०८१ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?