२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । 

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने भन्दै उनले भनिन्, 'मन्त्रालयको लक्षित उद्देश्यअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् । जनताको गुनासो आउनुभएन ।'

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिइन् ।सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्‍मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबीच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिइन् । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।

प्रकाशित : वैशाख २७, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?