कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के नेपाली समाजमा 'रेप कल्चर' विकास हुँदैछ ?

जनकराज सापकोटा

काठमाडौँ — आर्थिक वर्ष २०७५/७६ यताका ५ वर्षमा मात्रै नेपाल प्रहरीमा ११ हजार ७ सय ६८ बलत्कारका घटनाहरु दर्ता भएको देखिन्छ । यो तथ्यांकले औसतमा हरेक दिन ७ जना भन्दा धेरै महिलाहरु बलत्कारको शिकार भएको देखाउँछ ।

के नेपाली समाजमा 'रेप कल्चर' विकास हुँदैछ ?


सबैभन्दा डरलाग्दो पाटो त यो छ कि, यो अवधिमा १० वर्ष मुनिका १४०३ जना बालिकाहरु बलत्कारको शिकार भए । अर्थात् प्रत्येक दिन १० वर्ष मुनिका १ जना भन्दा धेरै बालिका बलत्कारको शिकार भईरहेका छन् । प्रहरीका अनुसार प्रत्येक वर्ष बलत्कारका घटनाहरुमा कमी नभएको देखिन्छ ।

बलत्कारका घटना मात्रै होईन बलत्कार प्रयासका घटनाहरु पनि उत्तिकै छन् । आर्थिक वर्ष २०७५/७६ यताका ५ वर्षमा मात्रै प्रहरीमा जर्बजस्ती करणी उद्योगका ३ हजार ४ सय २७ मुद्दा दर्ता भएको देखिन्छ । बलत्कारको प्रयासमा पनि १० वर्ष मुनिका बालिकाहरु ठूलो संख्या परेको देखिन्छ । ५ आर्थिक वर्षमा १८२५ जना बालिकामाथी बलत्कारको प्रयास भयो ।

बलत्कारका घटनाहरु वर्षेनी बढ्दै जाने र पीडितहरुमा १० वर्ष मुनिका बालिकाहरुको पनि ठूलो संख्या हुने तर यस्तो गम्भीर परिस्थितिबारे विर्मश र बहस नहुने अवस्था दुःखलाग्दो देखिन्छ । यस्तो अवस्थालाई अमेरिकाको 'साउर्दन कन्नेटिकट स्टेट युनिभर्सिटी'ले 'रेप कल्चर' अर्थात् बलत्कारजन्य संस्कृतिको रुपमा परिभाषित गरेको छ ।

बलत्कार र यौनहिंसाका घटनालाई सामान्यीकरण गर्ने र यस्ता बिषयलाई मिडिया र सोसल ईन्फ्युलिन्सरहरुले पीडकहरुलै पक्षमा बोल्ने समाजलाई 'रेप कल्चर' भनेर परिभाषित गरेको छ । 'रेप कल्चर'मा पितृसत्तात्मक भाषा, महिलाको शरिरलाई वस्तुका रुपमा प्रस्तुत गर्ने र यौन हिंसालाई महिमामण्डन गर्दै महिलाका अधिकार र सुरक्षाका विषयलाई अनदेखा प्रवृत्ति व्याप्त हुन्छ ।

प्रकाशित : फाल्गुन २५, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?