कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

एकै दिन ६ जना फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — बर्दिया प्रहरीले एकै दिक ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

एकै दिन ६ जना फरार अभियुक्त पक्राउ

शुक्रबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए ।

यसैगरी राजापुर नगरपालिकाको विभिन्न ठाउँबाट जालसाजी मुद्दाका फरार अभियुक्त दल बहादुर शाही, दिल बहादुर सुनार, ध्रुवराज भट्टराई, पतरे कामी र गोपाल परियारलाई पक्राउ गरी जिल्ला अदालतमा कारवाहीका लागि पठाइएको उनले बताए ।

प्रकाशित : वैशाख १५, २०८१ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?