२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित 

काठमाडौँ — राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।

सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित 

समितिको बुधबार बसेको बैठकले सुरक्षित कारोबार विधेयक पारित गर्ने निर्णय गरेको हो । समिति सभापति जयन्तीदेवी राईले लामो समय समितिमा छलफल पश्चात सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको जानकारी दिइन् ।

सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित भएको जानकारी दिँदै समिति सभापति राईले विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस हुने बताइन् । ‘समितिमा लामो समय छलफल गरी सुरक्षित कारोबार विधेयक, २०८० पहिलो संशोधन पारित भएको छ । यो ऐन सरकारले ल्याए पनि कार्यान्वयन भएको थिएन । कर्जा दिने र लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज होस् भनेर कारोबार सुरक्षित विधेयक कार्यान्वयनको लागि पास गरेका छौं ।’

उक्त विधेयक दुवै सदनबाट पास भएपछि कर्जा दिने र कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई सहज हुनेछ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?