कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

काठमाडौँ — ऋतिक राना र अभिलाषा विष्टको जोडीले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेको छ ।

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

ऋतिक र अभिलाषाको जोडीले त्रिपुरेश्वरस्थित राखेप टेनिस कोर्टमा भएको फाइनलमा प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–१, ७–५ को सोझो सेटमा हराएको थियो ।

पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भेट्रानतर्फ दोहोरो स्वर्ण जिते । उनले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जिते । जितेन्द्रले सन्तोष खत्रीलाई ३–६, ६–३, १०–३ को सेटमा हराए । जितेन्द्रले इलम दीक्षितसँग मिलेर अनिल साइ र सीमान्त गुरुङको जोडीलाई ३–६, ७–५, १०–७ को सेटमा हराए ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा विजेता बने । उनले फाइनलमा कर्मा घलेलाई ६–०, ६–१ ले हरायो । विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले प्रदीपबहादुर शाहमाथि ६–२, ६–१ को जित पाए । डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा ढुन्डुपको जोडीलाई फाइनलमा ६–१, ७–५ को सेटमा पराजित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–२, ६–२ को सोझो सेटमा हराए । डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–१, ६–४ को सोझो सेटमा हराए ।

अन्तिम दिन पुरुष/महिला सिंगल्स फाइनल हुनेछ । पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्नेछन् । अभिलाषा विष्ट र सुनीरा थापाबीच महिला सिंगल्सको फाइनल हुनेछ ।

प्रकाशित : वैशाख १४, २०८१ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?