२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

डीबी बुढा

जुम्ला — जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

स्थानीय भेडीगोठाला मगे रावत र सिउल रावतका ७० भेडा भिरबाट हाम फालेर मरेको स्थानीयले बताएका छन् । मगे र सिउल दाजुभाइ हुन् । उनीहरुले सँगै पाटनतिर भेडा लगेका थिए । दुई दाजुभाइका कुल १ सय २ भेडा थिए । भालु पसेर तर्सिएर भिरबाट हामफालेर ७० भेडा मरेका हुन् ।

भालुले खोरमा पसेर भेडाहरुलाई लखेटेको भेडिगोठाला मगे रावतले बताए । उनका अनुसार ३१ भेडा हराएका छन् । जसमध्ये १ पाठो सकुशल भेटिएको थियो । गोठ नै रित्तो पार्ने गरेर भेडा मरेपछि उनीहरु चिन्तामा छन् । जीवन धान्ने पेसाका रुपमा पालेका भेडाहरु सबै मरेपछि उनीहरुको बिचल्ली नै भएको छ । मगेले भने,‘भेडालाई राम्रो सँग चराउने उद्देश्यले पाटन क्षेत्रमा लिएका थियौं । भालुले लखेट्दा सबै सपनाहरु सकिए । ’

वर्षेनी भेडा बेचेर दसैं तिहार जस्तो चाड मनाउने र परिवारको एकसरो फर्दै आएका उनीहरुलाई संकट उत्पन्न भएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भेडापालक किसानको खोरमै भालु पसेर गरेको क्षतिले दुःखित तुल्याएको बताए । उनले राहतका लागि आवश्यक समन्वय गर्ने बताए । पीडितलाई राहत तथा पेसा पुनर्स्थापनाका लागि सोचिरहेका छौं,'अध्यक्ष चौलागाईंले भने,‘भेडापालक किसानको सहयोगको लागि पहल हुनेछ । ’

प्रकाशित : वैशाख २५, २०८१ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?