२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

एपीएफ मिल्स गोल्डकपको फाइनलमा

विनोद भण्डारी

विराटनगर — झापाको कन्काई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) सुनसरी चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

एपीएफ मिल्स गोल्डकपको फाइनलमा

विराटनगर जुटमिलको खेलमैदानमा बुधवार भएको पहिलो सेमिफाइनल खेल निर्धारित समयमा एक-एक गोलको बराबरीमा टुङ्गिएपछि नतिजाका लागि ट्राइब्रेकरमा अपनाउँदा एपीएफ भाग्यमानी रह्यो । एपीएफको जितमा उसका गोलकिपर सुजन विक नायक बने । उनले कन्काईका दुई प्रहारलाई उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधिउन्मुख बनाए ।

टाइब्रेकरमा एपीएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे । उज्जवल चाम्लिङको प्रहार बाहिरियो । कन्काईका अनोज मगर र संजीव रसाइलीको प्रहार एपीएफका गोलकिपर सुजन विकले बचाउँदा रोजन धिमाल र मिरक लिम्बुको प्रहार बाहिरियो । एपीएफका गोलरक्षक विक प्लेयर अफ द म्याच भए ।

बिहीवार घरेलु टिम पेमा युवा क्लब विराटनगर र कोशी प्रदेश प्रहरी टिमबीच अन्तिम सेमिफाइनल खेल हुने छ ।

प्रकाशित : वैशाख १२, २०८१ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?