कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनालाई स्तब्ध पार्दै पीएसजी सेमिफाइनलमा

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले उत्कृष्ट पुनर्आगमन रच्ने क्रममा मंगलबार बार्सिलोनालाई उसकै घरमा ४–१ ले पराजित गरेको छ र युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा प्राप्त यस जितपछि पीएसजीले समग्रमा ६–४ को निर्णायक अग्रता लिन सफल रह्यो ।

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनालाई स्तब्ध पार्दै पीएसजी सेमिफाइनलमा

अब केयलिन एमबापेसामु च्याम्पियन्स लिग जितेर पीएसजी छाड्ने अवसर तयार भएको छ । पहिलो लेगमा पीएसजी ३–२ ले पराजित रहेको थियो । बार्सिलोनामा एमबापेले दुई गोल गरे भने ओसमन डेम्बेले र भिटिन्हाले गोल गरे । दस खेलाडीमा सीमित बार्सिलोनाका लागि भने राफिन्हाले एक गोल फर्काए ।

अन्तिम चारमा पीएसजीले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । अर्को खेलमा डर्टमुन्डले एटलेटिको म्याड्रिडलाई सजिलै ४–२ ले हरायो र समग्रमा ५–४ को अग्रता लिन सफल रह्यो । डर्टमुन्ड पनि पहिलो लेगमा २–१ ले पछाडि रहेको थियो । यससँगै क्लब ११ वर्षयता पहिलो पटक सेमिफाइनल पुगेको छ ।

प्रकाशित : वैशाख ५, २०८१ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?