३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

विराट गोल्डकप बिहीबारदेखि, उद्घाटन खेलमा भुटान र नेपाल पुलिस भिड्ने

विनोद भण्डारी

विराटनगर — आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । 

विराट गोल्डकप बिहीबारदेखि, उद्घाटन खेलमा भुटान र नेपाल पुलिस भिड्ने

विराटनगरको सहिद मैदानमा हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबको सामना गर्ने छ । विसं २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६८ सालदेखि विराट गोल्डकपमा रुपान्तरण भएको हो । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेश ३ सहित १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार पुरस्कार पाउने छ ।

सातौं संस्करणमा विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । आर्थिक अभावका कारण पुरस्कार राशिमा कटौती गरिएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । प्रतियोगिता यसपाली ट्रष्ट आफैले आयोजना गरेको हो ।

उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार स्वरुप दिइने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।


प्रकाशित : चैत्र १४, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?