धनगढी — नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन दौड हुने भएको छ । धनगढी जेसीजले ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासाथ १० वर्षदेखि हाफ म्याराथन गर्दै आएको छ ।
२१.१ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार र तेस्रो हुनेले ३३ हजार ? रुपैयाँ पुरस्कार जित्ने संयोजक आशिष शाहले बताए । वैशाख १ मा धनगढी रंगशालामा हुने हाफ म्याराथनमा ४ हजार प्रतियोगीको सहभागिता रहने आयोजकको अनुमान छ ।