कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

भैरहवा — रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो । 

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

गणले प्रेस विज्ञप्तिमार्फत जनाएअनुसार विशेष सूचनाका आधारमा सियारी गाउँपालिका–७ स्थित कनरीबाट समान बरामद गरिएको हो । सशस्त्र प्रहरीका अनुसार जिल्लाको विभिन्न क्षेत्रबाट भन्सार छलेर १७ लाख ५४ हजार २ सय ९० रुपैयाँ मूल्यका सामान मुलुकतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

बरामद सामानमा कस्मेटिक सामान, चप्पल र खाद्यान्न रहेका छन । ढुवानीमा प्रयोग भएको लु १ ज ३५१० नम्बरको छोटा हात्ती गाडी बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको न्यौपानेले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०८० ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?