२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

दिउँसो १२ बजे परालको कुन्युबाट लागेको आगोले गाउँका ११० घर खरानी बनाएको छ ।
सुनिता बराल

महोत्तरी — मटिहानी नगरपालिका-६ को जरलहवा गाछी गाउँमा सल्किएको ७ घन्टापछि आगो नियन्त्रणमा आएको छ । आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । १२ बजेबाट सुरु भएको आगो ७ बजेबाट नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ ।

मटिहानीमा ७ घण्टापछि आगो नियन्त्रण : सिंगो बस्ती नै खरानी 

मुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्युमा लागेको आगो गाउँमा सल्किएपछि मियाटोल र हत्ता टोलका १ सय १० घर पूर्ण रुपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको बारुणयन्त्रसंगै नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले बताए ।

आगो लागेको बस्तीमा पशु चौपायासंगै स्थानीयको धनमाल पूर्णरुपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भने भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।


अग्नीपीडितलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा रेडक्रससंगै विभिन्न निकायसँग समन्वय भइरहेकाले आवश्यक राहत सहित तत्काललाई विद्यालय र धर्मशालाहरुमा बस्ने व्यवस्था गरिने गेलालले बताए ।

मटिहानीका जनतालाई ठूलो विपद् परेकाले सबैले यो दुखमा सहयोग गरिदिन मेयर मण्डलले सबैमा अनुरोध गरेका छन् ।


प्रकाशित : वैशाख १२, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?