३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भिरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

डम्बरसिं राई

खोटाङ — भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउापालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भिरबाट लडेर मृत्यु भएको हो ।

बराहपोखरी गाउापालिका–५ पौवासेरास्थित आफन्तको पास्नीको भोज खाएर फर्कने क्रममा बुधबार सााझ भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

खड्काका अनुसार खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयबाट खटिएका प्रहरी टोलीले बिहीबार बिहान कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमका लागि उदयपुरको बेल्टारस्थित स्वास्थ्य चौकी पठाइएको छ । घटनाबारे जानकारी आएलगत्तै बुधबार सााझै हुक्नाजोरबाट प्रहरी खटिएर घटनास्थल पुगेको डीएसपी खड्काले सुनाए ।

प्रकाशित : वैशाख ६, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?